सरकारले वेबसाइट, एप, सामाजिक सञ्जाललगायत डिजिटल माध्यमबाट वस्तु तथा सेवा बिक्री गर्दै आएका सबै व्यवसायीलाई अनिवार्य रूपमा दर्ता हुन ताकेता गरेको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कम्प्युटर, मोबाइल वा अन्य विद्युतीय उपकरणमार्फत वेबसाइट, एप्लिकेसन, इन्टरनेट, इन्ट्रानेट तथा सामाजिक सञ्जालको मार्केटप्लेसबाट कारोबार गर्ने व्यवसायीलाई विभागको पोर्टलमा सूचीकृत हुन निर्देशन दिएको हो।

विभागले विद्युतीय व्यापार ऐन, २०८१ तथा विद्युतीय व्यापार निर्देशिका, २०८२ अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा नगरी अनलाइन व्यापार सञ्चालन गरे कारबाही हुने चेतावनी दिएको छ।

पछिल्लो समय अनलाइन कारोबारमा उपभोक्ता ठगी तथा गुनासो बढ्दै गएपछि डिजिटल व्यापारलाई पारदर्शी, व्यवस्थित र नियमनको दायरामा ल्याउन सरकारले दर्ता प्रक्रियामा कडाइ गरेको हो।

विभागका अनुसार डिजिटल माध्यमबाट वस्तु वा सेवा बिक्री तथा कारोबार गर्ने सबै व्यवसायीले तोकिएको प्रक्रिया पूरा गरी विभागको पोर्टलमा सूचीकृत हुनुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *