गोकर्णेश्वर नगरपालिका–४ मा महिलाकेन्द्रित निःशुल्क बृहत् स्वास्थ्य शिविर आयोजना हुने भएको छ। गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा गृहिणी महिला संघ नेपालद्वारा सञ्चालन हुने उक्त शिविरमा पाठेघरको मुखको क्यान्सर परीक्षण, महिलाको प्रजनन स्वास्थ्य जाँच, आँखा तथा दन्त परीक्षण सेवा उपलब्ध गराइनेछ।
शिविरमा अनुभवी चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीबाट परामर्श र परीक्षण गरिने जनाइएको छ। विशेषगरी महिलाहरूलाई लक्षित गर्दै प्रारम्भिक चरणमै रोग पहिचान र उपचारका लागि सचेतना फैलाउने उद्देश्य राखिएको छ।
निर्धारित मिति, समय र स्थानमा उपस्थित भई निःशुल्क स्वास्थ्य सेवा लिन आयोजकले सबैलाई आग्रह गरेको छ। यस्तो पहलले स्थानीयस्तरमा स्वास्थ्य सेवामा पहुँच बढाउनुका साथै रोग नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।

