गोकर्णेश्वर नगरपालिका ले शैक्षिक सत्र २०८३ लाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न विद्यालयहरूलाई लक्षित गर्दै महत्वपूर्ण सूचना जारी गरेको छ। सूचनाअनुसार वैशाख १० देखि १५ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गरिनेछ भने सोही अवधिमा विद्यालयहरूले वार्षिक योजना निर्माण, व्यवस्थापन तथा आवश्यक पूर्वतयारीका कामहरू पूरा गर्नुपर्नेछ।

नगरपालिकाले वैशाख १५ गतेदेखि औपचारिक रूपमा भर्ना प्रक्रिया सुरु गरी कक्षा सञ्चालनको तयारी अघि बढाउन निर्देशन दिएको छ। यससँगै सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूले नगरपालिकाद्वारा प्रकाशित शैक्षिक पात्रो २०८३ लाई आधार मानेर आफ्ना शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ।

नगरपालिकाले नयाँ शैक्षिक सत्रलाई थप व्यवस्थित, गुणस्तरीय र विद्यार्थीमैत्री बनाउने लक्ष्यसहित समयमै तयारी पूरा गर्न विद्यालयहरूलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *