नेपाल कृषि उत्पादनमा अब्बल भए पनि विदेशी बजारमा बढी निर्भर रहनु पर्ने बाध्यता छ। अलैंची र अम्रिसो जस्ता नगदे बालीको वार्षिक कारोबार करिब ११ अर्ब रुपैयाँ पुगेको छ। तर बजार पहुँच सीमित र नीतिगत सहजीकरणको अभावले किसानले प्रत्यक्ष लाभ कम पाएका छन्। अम्रिसो प्रायः भारततर्फ निर्यात हुन्छ भने उच्च भन्सारले तेस्रो मुलुकमा निर्यात चुनौतीपूर्ण बनाएको छ। विशेषज्ञहरूले बजार विस्तार, कुटनीतिक पहल र आधुनिक प्रशोधन सुविधा विकास गर्नुपर्ने सुझाव दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *