नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्का सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले यसअघि नै शपथ लिइसकेका छन्।

प्रधानमन्त्री शाहले रक्षा र उद्योग मन्त्रालय आफैंसँग राखेका छन्। स्वर्णिम वाग्ले अर्थमन्त्री बनेका छन् भने सुधन गुरुङले गृह मन्त्रालय सम्हालेका छन्। शिशिर खनाल परराष्ट्र मन्त्री बनेका छन्।
त्यस्तै, सुनिल लम्सालले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बनेका छन्। खड्कराज पौडेल पर्यटन मन्त्रालयको नेतृत्वमा छन्।
सस्मित पोखरेलले शिक्षा, विज्ञान, प्रविधि तथा युवा–खेलकुद मन्त्रालय सम्हालेका छन्। निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी छन् भने विक्रम तिमिल्सिना सञ्चार मन्त्रालयमा नियुक्त भएका छन्।
अन्यतर्फ, प्रतिभा रावल सामान्य प्रशासन मन्त्री बनेकी छन्। दीपक साहले श्रम मन्त्रालय, सोविता गौतमले कानुन मन्त्रालय र सीता वादीले महिला, बालबालिका मन्त्रालयको जिम्मेवारी पाएका छन्।
नयाँ मन्त्रिपरिषद्ले सेवा प्रवाह सुधार, सुशासन र जनमुखी निर्णयलाई प्राथमिकतामा राख्दै छिट्टै पहिलो मन्त्रिपरिषद् बैठकमार्फत महत्त्वपूर्ण निर्णय गर्ने तयारी गरिरहेको स्रोतले जनाएको छ।
