नेवारी मौलिक संस्कृति र परम्परा संरक्षण गर्ने उद्देश्यले श्री कान्ति भैरवनाथ धिमे खलाले काठमाडौंको गोकरणेश्वरमा खुल्ला धिमे बाजा प्रतियोगिता आयोजना गर्ने भएको छ। नेपालभरका इच्छुक धिमे खल: तथा समूहहरूले सहभागिता जनाउन सक्ने यो प्रतियोगिता २०८२ चैत २१ गते बिहान १० बजे सुरु हुनेछ।
धिमे बाजाको मौलिक धुनसँगै सांस्कृतिक झल्को प्रस्तुत गर्ने प्रतियोगितामा उत्कृष्ट समूहलाई फ्ल्याट रु ५०,००० नगदसहित विभिन्न धिमे बाजा उपकरण पुरस्कार प्रदान गरिनेछ। आयोजकले सांस्कृतिक प्रेमी, स्थानीय बासिन्दा तथा धिमे बाजा समूहहरूलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ। सहभागिता जनाउन इच्छुकले दिइएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सक्नेछन्।
